पछिल्लो २४ घण्टामा सेती अस्पतालमा  २७३ जनामा कोरोना संक्रमण पुष्टि

युग संवाददाता     907 पटक पढिएको    

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा  २७३ जनामा कोरोना संक्रमण पुष्टि

 

धनगढी जेठ १० । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ भने २ शय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कैलालीको कैलारी गाउपालिका वडा नम्बर ६ का ५० बर्षीय महिलाको आइतबार दिउसो पौने ३ बजे, कैलारीकै वडा नम्बर ७ का ३५ बर्षीय पुरुषको सोमबार बिहान पौने छ बजे,  कैलारीकै वडा नम्बर ८ की ६० बर्षीय महिलाको सोमबार बिहान पौने ७ बजे  मृत्यु भएको सेती अस्पतालका  सुचना अधिकारी दिलिप श्रेष्ठल जानकारी दिए ।

त्यस्तै कन्चनपुरको बेलौरी नगरपालिक वडा नम्बर १ का ४४ बर्षीय पुरुषको सोमबार दिउसो ३ बजे, कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ५१ बर्षीय पुरुषको सोमबार बिहान ७ बजे र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ की ६० बर्षीय महिलाको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको हो ।   

त्यस्तै स्वाब परिक्षण गरिएका ७ शय ५२ जना मध्य संक्रमण पुष्टि हुने  धनगढी उपमहानगरपालिकाका  ७१ पुरुष र ४१ महिला गरि १ शय १२ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा कैलालीका  धनगढी बाहेक अरु पालिकाहरुका ९६ पुरुष र ३५ महिला  गरि १ शय ३१  जना रहेका छन् । कैलाली बाहेकका जिल्लाका २१ महिला र ९ महिला गरि  ३० जनामा संक्रमण भएको छ ।

सेती अस्पताको कोभिड असपतालमा अहिले ८१ जनाको र इमरजेन्सीमा १६ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना निको भएर घर गएका छन् भने १४ जना नया बिरामी अस्पतालमा भर्ना भएका छन् । 



सोमबार १०, जेठ २०७८ ०४:०० मा प्रकाशित

#sunil

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.