कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने

युग संवाददाता     753 पटक पढिएको    

कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने

 

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँगको कुराकानीमा नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट गरे ।


उनले सबै राजनीतिक दलबिच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको औँल्याए  । संसदीय  प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबिच आपसी एकता अपरिहार्य रहेकामा जोड दिए ।

सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्त्वपूर्ण कार्य रहेको बताए ।

वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे ।



शुक्रबार १३, चैत २०७७ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.