२७ प्रतिशत काँग्रेस र १९ प्रतिशत भाजपाका उम्मेदवार गम्भीर आपराधिक गतिविधिमा संलग्न

विदेश

Yugnepal     638 पटक पढिएको    

२७ प्रतिशत काँग्रेस र १९ प्रतिशत भाजपाका उम्मेदवार गम्भीर आपराधिक गतिविधिमा संलग्न


काठमाडौं । लोकसभा चुनावको प्रथम चरणमा २७ प्रतिशत कांग्रेस उम्मेदवारहरु र १९ प्रतिशत बीजेपी उम्मेदवारहरुको विरुद्ध गम्भीर आपराधिक मामलाको मुद्दा दर्ता भएको छ । यो जानकारी एडीआर इण्डियाको रिपोर्टमा उल्लेख भएको हो। चुनावको प्रथम चरणमा दुबै राष्ट्रिय दलको तर्फबाट समान ८३(८३ जना उम्मेदवार मैदानमा उतारेका छन् । एसोसिएशन अफ डेमोक्र्याटिक रिफर्म्सको तर्फबाट जारी बयानका अनुसार भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी०ले पहिले चरणमा आठ उम्मेदवार मैदानमा उतारेको छ । जसमध्ये तीन जना विरुद्ध गम्भीर आपराधिक मामलाको मुद्दा दर्ता भएको छ।  

अचम्मको कुरा त यो छ कि उम्मेदवारहरुले आफू विरुद्ध लागेको गम्भीर आपराधिक मुद्दाको बारेमा उनीहरु आफैंले स्वघोषणा गरेका छन् । राष्ट्रवादी कांग्रेस पार्टीका ६ उम्मेदवार मैदानमा छन् । जसमध्ये दुई जना विरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ । तृणमूल कांग्रेसका पाँच उम्मेदवारमध्ये कसैको विरुद्ध पनि मुद्दा दर्ता भएको छैन।

बहुजन समाज पार्टीले चुनावको प्रथम चरणमा ३२ उम्मेदवार मैदानमा उतारेको छ । यसमध्ये १९ प्रतिशत विरुद्ध गम्भीर आपराधिक मामला सम्बन्धि मुद्दा दर्ता भएको छ । भारतीय कम्युनिस्ट पार्टीले आठ उम्मेदवार मैदानमा उतारेकोमा जसमध्ये केवल एक विरुद्ध मात्रै यस्तो मुद्दा छ । प्रथम चरणमा २० राज्य र केन्द्र शासित प्रदेशहरुमा ९१  लोकसभा सीटमा बिहीबार मतदान हुँदैछ



बिहिबार २८, चैत २०७५ ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.