कुकुरको घाँटीमा झुण्ड्याइयो लेखराजको नेमप्लेट

युग संवाददाता     1187 पटक पढिएको    

कुकुरको घाँटीमा झुण्ड्याइयो लेखराजको नेमप्लेट


 धनगढी फागुन २६ एमालेमा ओली–नेपाल द्वन्द्व  कुकुरको घाँटीमा झुण्ड्याइयो लेखराजको नेमप्लेटकेपी ओली समूहले बिहान झुण्ड्याएको लेखराज भट्टको नेमप्लेट बायाँ र माधव समूहले कुकुरको घाँटीमा झुण्ड्याइदिएको नेमप्लेट ।
अदालतको आदेशबाट ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहका कार्यकर्ताबीच धनगढीमा चरम द्वन्द्व सिर्जना भएको छ। 

बुधबार ओली समूहले तत्कालीन प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको नेमप्लेट हटाएर इन्चार्जमा लेखराज भट्ट तथा प्रदेश अध्यक्षमा कर्ण थापाको नेमप्लेट कार्यकक्षमा टाँगेको थियो। 

त्यसक्रममा प्रदेश अध्यक्ष कर्ण थापाले अदालतले नेकपाको विकल्पमा पूर्ववत पार्टीमा फर्कन निर्देशन दिए पनि जिम्मेवारी तत्कालीन अवस्थाजस्तो नहुने  बताएका थिए। उनले पार्टीको आधिकारिक जिममेवारी आफूलाई नै रहेको दावी गरेका थिए। 

तर केही समयमा नै माधव समूहले प्रदेश इन्चार्ज लेखराज भट्टको नेमप्लेट हटाएर कुकुरको घाँटीमा झुण्ड्याइदिएका छन्। उनीहरुे पुनः प्रदेश कार्यालयको कार्यकक्षमा इन्चार्ज भीम रावल र अध्यक्षमा भानुभक्त जोशीको नेम प्लेट टाँगेका छन्।



बुधबार २६, फागुन २०७७ ०६:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal