अर्थतन्त्र जोगाउन इटालीले राहत योजना ल्याउने

युग संवाददाता     823 पटक पढिएको    

अर्थतन्त्र जोगाउन इटालीले राहत योजना ल्याउने

 


रोम एजेन्सी 
इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् । एएफपीका अनुसार युरोपेली केन्द्रीय बैंक ९इसिबी०का पूर्वप्रमुख समेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन् । इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुनेछैन ।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ । ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिएका थिए । करिब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए । इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै नौ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् । फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए ।

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट दुई खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नुपर्नेछ ।



बिहिबार ०६, फागुन २०७७ ०५:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.