जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने गृहको परिपत्रप्रति भीम रावलको कडा आपत्ति

राजनिति

Yugnepal     858 पटक पढिएको    

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने गृहको परिपत्रप्रति भीम रावलको कडा आपत्ति

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने गृहको परिपत्रप्रति भीम रावलको कडा आपत्ति


काठमाडौं, चैत २२

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको सर्कुलरप्रति सत्तारुढ नेकपाका नेता भीम रावलले कडा आपत्ति जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता रावलले आपत्ति जनाउनु भएको हो ।

नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृह मन्त्रालयले मन्त्रीस्तरीण निर्णयबाट गत मंगलवार अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो । रावलले सो निर्णयप्रति गम्भीर आपत्ति जनाउनु भएको हो ।

रावलले पछिल्लो नागरिकताबारेको निर्णयसँग जोडेर सरकारको संसदप्रतिको सम्मानमाथि नै प्रश्नसमेत उठाउनु भएको छ । सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसको उपेक्षा गरी संसदमा विचाराधीन नागरिकताबारे निर्णय लिइएको उहाँको जिकिर छ ।

यसअघि अन्तरिम संविधान २०६३ नआउँदै हतारमा नागरिकता ऐन ल्याइएको स्मरण गराउँदै रावलले सरकारको पछिल्लो कदम त्यसकै पुनरावृत्ति भएको आरोपसमेत लगाउनु भएको छ ।

‘सरकार संसदप्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन, तर बिडम्बना, नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलमा रहेका बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी गर्‍यो । यो नेपालको संविधान नआउँदै २०६३ सालमा नागरिकता ऐन ल्याउने हतारोकै पुनरावृत्ति हो कि रु ’ रावलको भनाई छ ।

गत साउनदेखि संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई नागरिकता दिन देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

नागरिकता वितरण रोकिँदा अंगीकृतका सन्तानको वृत्ति विकास रोकिएको र स्वयं सर्वोच्चले समेत वितरण गर्न आदेश दिएकाले यसबारे निर्णय लिनुपरेको गृहको भनाई छ ।



शुक्रबार २२, चैत २०७५ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.