अधिविकर्ष कर्जाको सीमा ५० लाख मात्र प्रवाह गर्न सकिने

युग संवाददाता     1190 पटक पढिएको    

अधिविकर्ष कर्जाको सीमा ५० लाख  मात्र प्रवाह गर्न सकिने

 


बैंकिङ खबरबाट साभार  ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति ५० लाख रुपियाँसम्म मात्र प्रवाह गर्न सकिने जनाएको छ । यस्तो कर्जा प्रवाह गर्दा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा रु। ५० लाखसम्म कायम गर्नु पर्ने केन्द्रीय बैंकको भनाई छ । यस्तै, तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख गरेको छ । ९उदाहरणको लागि कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट रु। २० लाख व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोहि वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप रु। ३० लाखसम्म मात्र व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाइने छ ।०


 



मङ्गलबार १४, पुष २०७७ ०६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal