सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता - गगन थापा

युग संवाददाता     1150 पटक पढिएको    

सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता - गगन थापा

धनगढी  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । 


नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले कांग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने प्रयास गरिरहेको बताए ।


नेता थापाले देशभर सडकमा ओर्लिएर सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता रहेको उल्लेख गरे । उनले भने, “यस परिस्थितिमा प्रतिपक्षको धर्म भनेको सरकारलाई झकझक्याउनु र जनताको दुःखप्रति जिम्मेवार बनाउनु हो ।”

 युवा नेता थापाले पार्टीको महाधिवेशनका विषयमा सम्भवतः पुसको २ वा ३ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।



मङ्गलबार ३०, मङि्सर २०७७ ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.