राष्ट्रपति भण्डारीको भूमिकाप्रति भीम रावलको प्रश्न

युग संवाददाता     1045 पटक पढिएको    

राष्ट्रपति भण्डारीको भूमिकाप्रति भीम रावलको प्रश्न
तस्वीर – फाइल

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य डा। भीम रावलले प्रश्न उठाएका छन् । 


उनले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहेको समाचार आइरहेको भन्दै यदि त्यस्तो भए त्यो गलत हुने बताएका हुन् । 

बमखबमखबमख
सामाजिक संजाल ट्वीटरमा शुक्रबार बिहान उनले लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’


राष्ट्रपति भण्डारीले पछिल्लो समय नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति कार्यालय सितल निवास बोलाएर पार्टी एकतालाई मजबुद पार्न निर्देशन दिएको समाचार सार्वजनिक भएपछि रावलको यस्तो प्रतिक्रिया आएको हो । 

भण्डारी पटकपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपद आइलाग्दा पक्षविपक्षमै लाग्ने गरेकी छिन् । राष्ट्रपतिले खेल्दै आएको भूमिकाप्रति पहिलेदेखि नै प्रश्न उठ्दै आएको छ । 

राष्ट्रपतिले पदीय गरिमा राख्न नसकेको, राष्ट्रकै राष्ट्रपति भएको भन्दै पटक पटक सम्झाउने क्रम चलिरहेको छ । 



शुक्रबार २१, कार्तिक २०७७ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.