सार्वजनिक यातायातः पारा पुरानै, भाडा मात्रै बढी

युग संवाददाता     810 पटक पढिएको    

सार्वजनिक यातायातः पारा पुरानै, भाडा मात्रै बढी

काठमाडौं– देशभर कोरोना संक्रमित बढिरहेकै बेला सरकारले लकडाउन खुला गरेसँगै जोखिम ह्वात्तै बढेको छ । लकडाउन खुलेपछि धमाधम सार्वजनिक सवारीसाधन सञ्चालन हुन थालेका छन् भने बजार, होटल र रेस्टुरेन्टलगायत सार्वजनिक स्थलहरूमा भीडभाड बढेको छ । भीडभाड बढेसँगै उपत्यका संक्रमणको उच्च जोखिममा परेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न झनै जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा सरकारले तोकेको सामान्य स्वास्थ्यसम्बन्धी मापदण्डसमेत अपनाइएको पाइँदैन । सवारी साधनमा न स्यानिटाइजर राखिएको छ, न दूरी कायम नै तर, भाडा भने बढी लिइन्छ ।
यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रूपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । तर, व्यवहारमा कार्यान्वयन भएको छैन । सम्बन्धीत निकायबाट अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको छ ।
लकडाउनपछि खुलेका यातायातमा ५० प्रतिशत बढी भाडा उठाइ“दै आएको छ । तर, त्यस्ता यातायातमा यात्रु पाएसम्म कोच्ने गरिएको छ । रिङरोडमा चल्ने सवारीमा अहिले चढ्नेवित्तिकै २५ रूपैया“ भाडा लिने गरिएको छ । तर, त्यस्ता सवारीमा न स्यानिटाइनर राखिएको हुन्छ, न त सामाजिक दूरी नै । सार्वजनिक यातायातमा भेटिएका यात्रु प्रेमबहादुर थापा भन्छन्, ‘सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन् ।’
विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर, हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा रु २५ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम भाडा रु २५ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउ“छन् । तर, ट्रापिकले समेत कुनै चेक जा“च गरेको देखि“दैन । यति चेक जाँच गरे पनि आक्कल झुक्कल मात्र गरिन्छ ।
उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । काठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् । तर, भाडा भने बढी नै तिरिरहेका छन् ।
काठ क्षेत्रका नगरपालिकाले पनि यसको अनुगमन गरेका छैनन् । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिको व्यवस्था भएपनि त्यससम्बन्धी कानून नभएकाले जनदबाबमा कहिलेकाहीँ अनुगमन गरेपनि के कति कारबाही वा जरिवाना गर्ने भन्ने निश्चित छैन ।
नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको स्थानीय सरकार चुक्कसम्म नबोलेको साँखुका स्थानीयवासी रामप्रसाद दंगालले गुनासो छ ।
यही ३ भदौअघि तोकिएभन्दा बढी यात्रु राखेर मनपरी भाडा लिने सवारी नंं महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा टिपाउ“दा समेत केही कारबाही नभएपछि यातायातका चालक, परिचालकमा जे गरे पनि हुन्छ भन्ने भावना बढेको उनको भनाइ छ । बा३ख ५९२१, बा३ख ६१७२, बा५ख २८५८, बा५ख १७७ नं सार्वजनिक सवारीले नियम उल्लंघन गरे भनी पटकपटक फोनबाट टिपाउ“दासमेत कारबाही नभएको उनले बताए ।
महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव गत भदौसम्म मापदण्ड उल्लंघन गर्ने सवारीलाई दिनभर कारबाहीस्वरूप राख्ने गरेकामा यही १ असोजपछि भने रु ५०० देखि १० हजारसम्म जरिवाना गर्न थालिएको बताउँछन् । यसरी दैनिक सार्वजनिक र निजी गरी ७०० सम्म सवारी कारबाहीमा पर्ने गरेका छन् ।
‘ट्राफिक प्रहरीलाई रु एक हजार ५०० सम्मको चिट काट्ने अधिकार छ, यातायात व्यवस्था ऐन र नियमावलीअनुसार रु १० हजारसम्म चिट काट्नुपर्ने गरी गल्ती गर्नेलाई विभागको जिम्मा लगाउन थालेका छौँ’ उनले भने । पछिल्लो समय जाँच केन्द्रसमेत बढाइएको महाशाखाको दाबी छ । तर, आइतबार निर्धकका साथ सवारी साधन चलिरहेका थिए ।
सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो पारेपनि सवारी साधनमा जोरबिजोर कायम रहेको जनाएको छ । तर, सडकमा सबै किसिमका सवारी निर्धक चल्न थालेका छन् । यसस“गै भीडभाड बढेको छ । पछिल्लो समय कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम रहेको काठमाडौं उपत्यकामा भीडभाड बढ्न थालेपछि जनता त्रासति भएका छन् ।



बुधबार ०७, असोज २०७७ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.