शिक्षक र गाउँपालिकाका कर्मचारीले पटक पटक बलात्कार

युग संवाददाता     751 पटक पढिएको    

शिक्षक र गाउँपालिकाका कर्मचारीले पटक पटक बलात्कार


गोकर्ण दयाल

आफैलाई पढाउने शिक्षकहरु र गाउँपालिकाका कर्मचारीबाट बलात्कृत किशोरी बच्चा जन्मेपछि गोठमा बस्न बाध्यछिन ।

बैतडी  शिक्षक र गाउँपालिकाका कर्मचारीले पटक पटक बलात्कार गरेपछि बच्चा जन्माएर गोठमा अलपत्र परेकी सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीको उद्धार गर्न बैतडी प्रहरीको एक टोली परिचालन भएको छ ।

गत मङ्सिरमा आफैलाई पढाउने दुई शिक्षकहरु र सिगास गाउँपालिकाका कर्मचारीले बलत्कार गरेको बताउने ती किशोरी बच्चा जन्माएर २० दिनदेखि गोठमा अलपत्र परेको घटना सार्वजनिक भएपछि प्रहरीले उद्धार गर्न खोजेको हो ।

गत मङ्सिरमा बलात्कृत किशोरीलाई कसैलाई भनेमा ठिक नहुँने धम्की पीडकहरुले दिएका थिए । सोही क्रममा ती किशोरीलाई उनका आफन्तहरुले गएको चैतमा सिगास गाउँपालिकाकै ढुङ्गाढ गाउँका एक पुरुषसँग दोस्रो श्रीमतीका रुपमो विवाह गराइएको बताइएको छ । किशोरीका बुवा मजदुरी गर्न भारतमा रहेका छन् ।

गत वर्ष मङ्सिरमा बलत्कारमा ती किशोरीले विवाह गरेको छ महिनामामै २० दिनअघि बच्चा जन्माएपछि बलत्कारको घटना बाहिर आएको हो ।

घटना बारे परिवारले सिगास गाउँपालिका–५ नम्बर वडा कार्यालयमा उजुरी दिन खोजे पनि जनप्रतिनिधिले गाउँमै मिलाउन खोजेको पीडित किशोरीले बताएकी छिन् ।

घटनाबारे जानकारी पाएपछि किशोरीको उद्धार गर्न प्रहरीको टोली गाउँ पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घटनाको सुक्ष्म अध्ययन भइरहेको बताउँदै प्रनाउ अधिकारीले किशोरीले न्याय पाउने गरेर उनलाई पहिले उद्धार गरेर सेफ हाउसमा राख्छौं, त्यसपछि घटनामा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान हुने बताए ।

किशोरीको गोपनीयता भंग नहुने विषयमा सञ्चारक्षेत्र पनि संवेदनशील बनिदिन आग्रह गर्नुहुँदै प्रनाउ अधिकारीले भने, ‘ किशोरीले अवश्य पनि न्याय पाउने छिन् । प्रहरीले यो विषयमा कुनै कसर बाँकी राख्ने छैन मात्र सञ्चारकर्मीहरुले किशोरीको गोपनिययता बचाइदिनुहोला ।’



मङ्गलबार २३, भदौ २०७७ ०३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.