विप्लव को हुन र कहाँबाट आएका हुन भन्ने प्रचण्ड र ओलीलाई थाहा छः पौडेल

राजनिति

Yugnepal     822 पटक पढिएको    

विप्लव को हुन र कहाँबाट आएका हुन भन्ने प्रचण्ड र ओलीलाई थाहा छः पौडेल

विप्लव को हुन र कहाँबाट आएका हुन भन्ने प्रचण्ड र ओलीलाई थाहा छः पौडेल
‘कांग्रेसले विप्लवलाई संरक्षण गरेको छैन’


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले विप्लवलाई समर्थन नगरेको स्पष्ट पारेका छन्।

 ल्क्ष्ऋ ब्क्क्ष्ब्
 नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले  कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई सहयोग गरेको भन्ने सरकारको भनाइमा कुनै सत्यता नरहेको बताए।

‘सर्पको खुट्टा सर्पले नै देख्छ, विप्लव को हुन, कहाँबाट आएका हुन भन्ने कुरा  कांग्रेसलाई होइन् ओली र प्रचण्डलाई  थाहा छ’, नेता पौडेलले भने, ‘कांग्रेसले विप्लवलाई समर्थन गरेको भन्ने सरकारी हल्लामा कुनै सत्यता छैन।’

उनले आफ्नो पार्टीले कहिल्यै पनि हिंसात्मक राजनीतिलाई समर्थन नगरेको बताए।

नेता पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको बताए। उनले देश टुक्र्याउने विषयमा हुने जनमत संग्रह कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए।

नेता पौडेलले सरकारले समृद्धिको नारा दिए पनि भ्रष्टाचारकै कारण त्यो पूरा हुने बताए। उनले प्रधानमन्त्री र उनका वरिपरिका मान्छे नै भ्रष्ट भएको आरोप लगाउँदै प्रधानमन्त्रीबाट सुशासनको आरम्भ हुनुपर्ने बताए।

नेता पौडेलले कम्युनिस्टले जनतालाई झुक्याएर बहुमत ल्याएको र अहिले पनि विभिन्न नारा दिएर जनतालाई झुक्याइरहेको आरोप लगाए।

‘कम्युनिस्टहको समाजवादले मानवको समस्या समधान गर्दैन’, उनले भने, ‘न ओलीको समाजवादले मानवका समस्याको समधान ग¥यो न त विप्लवकाले गर्नेछ।’

उनले समाजवाद र सर्वहारा वर्गको नाममा कम्युनिस्ट पार्टीका कार्यकर्तालाई बलियो बनाउने काम मात्रै भएको उनले दावी गरे।

उनले कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएका कारण लोकतन्त्रको रक्षाका लागि निरन्तर रुपमा उभिने बताए। ‘कांग्रेस लोकतन्त्रका लागि ७ सालदेखि लड्दै आएको पार्टी हो, लोकतन्त्रका लागि निरन्तर लडिरहन्छ।’



शनिबार १६, चैत २०७५ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.