लायन्स क्लवद्वारा बाढी पिडितकालाई खाद्य सामाग्री हस्तान्तरण

Yugnepal     943 पटक पढिएको    

लायन्स क्लवद्वारा बाढी पिडितकालाई खाद्य सामाग्री हस्तान्तरण


   धनगढीमा रहेका  लायन्स १६ क्लबहरुले क्लवहरुले भजनीका बाढी पिडित परिवारका लागि संकलित खाद्य सामाग्री भजनी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

   क्लबहरुले संकलन गरेको २५ सय किलो चामल, ५० लिटर तेल, ५ बोरा नून र ७० पेटी पानी सोबार भजनी नगरपालिकाका प्रतिनिधिलाई  हस्तान्तरण गरिएको लायन्स क्लव अफ धनगढी इन्टरनेश्नल ३२५ बी २ का सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर सीबि चन्दले बताए ।

   बाढीका कारण घरबार बिहीन भएका भजनीका नागरिकलाई जीविकोपार्जनमा सहज होस् उद्देश्यका साथ राहत सामाग्री हस्तान्तरण गरिएको  डिस्ट्रिक गभरनर सीबि चन्दले बताए । उक्त राहत सामाग्री डिस्ट्रिक गभरनर सीबि चन्दले भजनी त्रिशक्ति नगरपालिकाका प्रतिधिलाई हस्तान्तरण गरेका हुन् ।



सोमबार १९, साउन २०७७ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal