काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ ।
माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।
नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् ।
क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । हाल सशस्त्र प्रहरीसँग ७।६३ एमएमको एसएलआर हतियार थियो ।
सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ ।
नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।
अनलाइनखबरबाट साभार
प्रतिकृया दिनुहोस