धनगढी नेपाली कांग्रेसको अनुशासन समितिले नेपाली काँग्रेस कैलालीका नेता एबं पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा सहित ३ जना नेतालाई पार्टीबाट निस्काशित गरेको छ ।
काँग्रेसले ओझा सहित गोविन्दराज जोशी र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।
पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस