नरेन्द्र मोदीको पहिलो चुनावी प्रचार अभियान जम्मु काश्मिरबाट

विदेश

Yugnepal     635 पटक पढिएको    

नरेन्द्र मोदीको पहिलो चुनावी प्रचार अभियान जम्मु काश्मिरबाट

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्दैछन् । उनको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी  भाजपा  का महासचिव राम माधवले जानकारी दिए ।  

“प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नेछन्, र अभियानका लागि उनी जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भने । 

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उनको भनाई छ । 

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् । 

“ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उनले भने ।

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो । 

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।



बिहिबार १४, चैत २०७५ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.