सघन शहरी विकास कार्यक्रमः सडक तथा नाली निर्माणका लागि सम्झौता

Yugnepal     582 पटक पढिएको    

सघन शहरी विकास कार्यक्रमः सडक तथा नाली निर्माणका लागि सम्झौता

 

धनगढी । धनगढी उपमहानगरपालिकाले सघन शहरी विकास आयोजना अन्तर्गत सडक तथा नाली निर्माण योजनाका लागि सम्झौता गरेको छ । उपमहानगरपालिकालको आइतबार सात वटा सडक निर्माणका लागि निर्माण कम्पनीसंग सम्झौता गरेको जनाएको छ ।

गत वर्ष जेठमा टेण्डर आव्हान गरिएका सात वटा ९दश दशमलव एक सय ८७ किलोमिटर० सडक र ९२० दशमलव चार सय ६६ किलोमिटर० नाली निर्माणका लागि क्षेत्रीय शहरी विकास परियोजना र कालिका कन्ट्रक्सन प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा परियोजनाका तर्फबाट परियोजना प्रमुख परीक्षित कडरिया र कालिका कन्स्ट्रक्सनका प्रतिनिधी प्रकाशचन्द्र खरेलले हस्ताक्षर गरेका छन् ।

यी सडक निर्माणका लागि ६८ करोड पाँच लाख ९८ हजार सात सय चार रुपैयाँ ९भ्याटबाहेक० लागतमा कम्पनीसंग सम्झौता गरिएको छ । संघीय आयोजना कार्यान्वयन ईकाई, धनगढीका सूचना अधिकारी श्याम बुढाथोकीले सम्झौता भएको २१ दिनभित्र निर्माण कार्य शुरु हुने बताए । उनले भने– सम्झौता मितिदेखि २१ दिनसम्म कामको तयारीका लागि निर्माण कम्पनीलाई समयावधि प्रदान गरिएको छ ।

एसियाली विकास बैंक ९एडीबी० ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेटबाट १० दशमलव २५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा निर्माण गरिने आयोजनाका सूचना अधिकारी बुढाथोकीले बताए ।

सम्झौतापछि आगामी साउन १८ गतेदेखि सडक तथा नाली निर्माणको काम अघि बढ्ने जनाइएको छ । सम्झौतापत्रमा २०७९ साउन १८ गतेभित्र ९दुई वर्ष मा काम पुरा गनर्सपर्ने उल्लेख छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार एडीबीसँग सम्झौता भएको ४२ दशमलव नौ सय ६२ किलोमिटर सडकमध्ये पहिलो चरणमा दश दशमलव एक सय ८९ किलोमिटर सडक निर्माण गरिने छ । उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पहिलो चरणको काम समयमै पुरा भएमा दोस्रो चरणको कामको अघि बढाइने बताए । उनले भने–हामी निर्माण कम्पनीलाई तोकिएकै अवधिमा काम पुरा गराउने प्रयासमा छौं ।

धनगढीमा पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड ९ट्राफिक चौराहदेखि कैलाली नाला० सम्म एक किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् ।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, धनगढी–खुटिया ९स्याउले० सडक ८७ मिटर, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् ।

पहिलो चरणमा निर्माण हुन लागेका दुई वटा सडक दोस्रो चरणमा पनि अघि बढाइने जनाइएको छ । आयोजनाका सूचना अधिकारी बुढाथोकीले भने– धनगढी मेनरोडको चार किलोमिटरका लागि सर्भे भएको थियो, तर पहिलो चरणमा एक किलोमिटर ३८ मिटर मात्र काम निर्माण हुने छ । त्यस्तै, हुलाकी सकडको एक किलोमिटर ४५ मिटरको सर्भे भएकोमा पहिलो चरणमा सात सय मिटरको काम अघि बढाइने छ । उनले धनगढी मेनरोडको दुई किलोमिटर ६१ मिटर र हुलाकी सडकको सात सय ५० मिटरको काम दोस्रो चरणमा अघि बढाइने बताए ।

आयोजना सूचना अधिकारी बुढाथोकीले पहिलो चरणमा निर्माण हुने सडकको सतह अलकत्रा प्रविधिको रहने र फुटपाथ सहितको नाली निर्माण हुने बताए ।

धनगढीका चार वटा सडकमा साइकलपथ पनि निर्माण हुने जनाइएको छ । धनगढी मेनरोड, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र धनगढी–खुटिया सडकमा साइकल पथको पनि व्यवस्था गरिएको छ । उनका अनुसार साइकल पथको चौडाइ एक दशमलब पाँच मिटर रहने छ भने नालीको चौडाइ एक दशमलव दुईदेखि दुइ मिटर रहने छ ।

यसअघिको डिपीआरमा क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत सौर्यवत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक वत्ती, अण्डरग्राण्ड विद्युतीकरण निर्माण सहितको चार लेन र दुई लेनका सडकहरू निर्माण गर्ने उल्ल्ेख थियो ।

उनका अनुसार सम्झौता भएका सडकको पुनः पूर्ण सर्भे गरिने छ । सडकमा पर्ने विद्युत पोल, टेलिफोन पोल, खानेपानी लगायत सार्ने काम हुने छ । अन्नबाली, घर पर्खाल, बोटविरुवा लगायतको क्षतीको भुक्तानी, सार्वजनिक सम्पतिको मर्मत तथा संरक्षण लगायतका काम पनि गरिने जनाइएको छ ।

उनले सडक तथा नाली निर्माणसंगै वातावरण, मानवीय स्वास्थ्यमा पनि ध्यान दिइने बताए । उनले भने– सडक निर्माण गर्दा वातावरण र मानवीय स्वास्थ्यमा असर नपुगोस् भन्ने कुरामा ध्यान दिइएको छ ।

उनले सडक तथा नाली निर्माण गर्दा धुलो उड्न नदिने, निर्माण भइरहेका सडकमा मानवलाई पूर्व सूचना दिइने, हावा प्रदूषण ध्वनी प्रदूषण हुन नदिने, सडक सुरक्षा सचेतना लगायतका काम पनि गरिने बताए । उनले भने –‘सडक निर्माण भइरहेका ठाउँका बारेमा ट्राफिक प्रहरी र सञ्चारको सहयोगमा मानिसलाई आवत जावतमा समस्या नहोस भनि प्रयोग गरिने छ ।’

२०७६ असारमै संघीय आयोजना कार्यान्वयन ईकाईले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मुल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको थियो । सो प्राविधिक मुल्यांकनमा कालोसूचिमा परेको रमण–पप्पु जेभी समेत कतिपय सडकको टेण्डर पास भएपछि ठेक्का प्रक्रिया अन्योलमा परेको थियो । एक वर्षपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा परेको रमण–पप्पु जेभी बाहेकलाई ठेक्का दिने निर्णय गरेपछि ईकाईले निर्माण कम्पनीहरूसंग सम्झौता अघि बढाएको जनाइएको छ ।

“संरचना आफै हटाउने घरधनीलाई सम्मान गरिने”
धनगढी उपमहानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई सम्मान गर्ने घोषणा गरेको छ ।

उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरे । उनले भने– सडक निर्माणका क्रममा आफ्नो संरचना आफै हटाउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ । यस्ता घरधनीलाई घर नक्सा दर्तामा छुट, र भत्काईएको भागमा उपमहानगरापालिकाले नै रंगरोगन समेत गर्नेछ ।

उनले सडक निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न नगरबासीसंग अनुरोध गरे । उनले भने– यी सडक निर्माणपछि धनगढीको मुहार नै फेरिने छ । त्यसैले यो कार्यमा सबै नगरबासीको सहयोगका लागि आग्रह गर्दछु ।



सोमबार २९, असार २०७७ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.