पूर्व मन्त्री  चौधरी होटल व्यवसायमा

शिक्षा

Yugnepal     696 पटक पढिएको    

पूर्व मन्त्री  चौधरी होटल व्यवसायमा


धनगढी । उनी २०४८ सालमा कलेज पढ्दै थिए । कलेज पढ्दापढ्दै उनले २०४८ सालमा नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाए र निर्वाचित पनि भए । पटकपटक मन्त्री बनिसकेका रामजनम चौधरीले अहिले दुई करोड बढीको लगानीमा आफ्नै गाउँमा होटल संचालनमा ल्याएका छन् । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको आम निर्वाचनमा पनि काँग्रेसबाट संसद सदस्यमा निर्वाचित उनी २०५४ सालमा सहायक मन्त्री बनेपछि पटकपटक मन्त्री बने । २०६४ सालमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका उनी २०६६ सालमा विजयकुमार गच्छेदार नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टीमा महासचिव र पछि उपाध्यक्ष बने । २०७४ सालको निर्वाचन अघि फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पछिल्लो निर्वाचनमा काँग्रेसकै तर्फबाट कैलाली क्षेत्र नम्बर ३ उम्मेदवार बनेका थिए । उनी नेकपाका गौरीशंकर चौधरीबाट पराजित भएका थिए ।
अहिले रामजनमले आफ्नै गाउँ जोशीपुरको झवहीमा ठूलो लगानीमा होटल संचालनमा ल्याएका छन् । जोशीपुर गाउँपालिका वडा नम्बर ४, झबहीमा उनले थारू फुडल्याण्ड रिसोर्ट संचालनमा ल्याएका छन् । पूर्वमन्त्री चौधरीका अनुसार आफ्नै साढे तीन कठ्ठा जग्गामा दुई करोड बढीको लागतमा रिसोर्ट संचालनमा ल्याएका छन् ।
उनको थारू फुडल्याण्ड रिसोर्टमा पाँच कोठे आवास गृह र एक आधुनिक सभाहल छ । सँगै तल माछापालनका लागि ताल निर्माण गरेका छन् । थारू फुडल्याण्ड रिसोर्टमार्फत ‘थारू समुदायको मौलिक आफ्नो संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्न आपूले रिसोर्ट संचालन गरेको उनी बताउँ छन् । रिसोर्टमा थारू समुदायको विशेष खानाका परिकार ९गंगेटा, घोंघी, माछा, लोकल कुखुरा, ढिक्री, फुलौरी, बरिया, खरियाँ आदि० उपलब्ध रहेको उनको भनाइ छ । त्यस्तै, मौलिक थारू नाच पनि प्रस्तुत गरिने भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
जिल्लाको मध्यभाग तथा राजमार्ग तथा शहरभन्दा टाढा गाउँमा ठूलो लगानीमा आधुनिक रिसोर्ट खोल्ने आँट गर्नुको कारण बताउँदै उनी भन्छन् गाउँको विकासमा पनि ध्यान दिनु पर्छ भनेर यो व्यवसाय शुरु गरेर यसमार्फत आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको छु । उनको अनुभवमा अहिलेसम्म कैलालीमा यति व्यवस्थित र सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छैन ।
२७ वर्षदेखि सांसद, मन्त्री, सहित राजनीतिक दलको उपल्लो तहको नेतृत्वमा रहेका नेता रामजनम भन्छन् होटल व्यवसायसँगै सक्रिय राजनीतिलाई पनि निरन्तरता दिनेछु । बिहानदेखि साँझसम्म स्थानीय जनता तथा कार्यकर्तासँग भेटघाटका साथै पार्टीका कार्यक्रममा सहभागी बन्छु, रातिको समय रिसोर्टका लागि खर्च गर्छु । EDEV news 

 

 

 

 



बुधबार १३, चैत २०७५ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.