कैलालीमा हजारौँको संख्यामा सलह किरा

Yugnepal     1162 पटक पढिएको    

कैलालीमा हजारौँको संख्यामा सलह किरा

धनगढी – पाँचदिन अघि अर्थात यहि सोमबार सुदूरपश्चिम प्रदेशमा सानो संख्यामा भित्रिएका सलह किरा झुण्डमै देखिन थालेका छन् ।

सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह बिहिबार बेलुका कैलालीकै केही स्थानमा हजारौँको संख्यामा देखिएपछि सर्तकता अपनाउन कृषि निर्देशनालयले अपिल गरेको छ ।

यसअघि स–सानो झुन्ड टुक्रिएर सलह किरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो तर बिहिबार हजारौँको झुण्डमा देखिएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

निर्देशक जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा बिहिबार सलह किरा झुण्डमै देखिएको बताए ।

निर्देशक जोशीले भनेका छन् –‘हजारौँको संख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ, सर्तक र सजगता अपनाउन आग्रह गर्दछु ।’

उनले प्रदेशवासीलाई फिल्ड अवलोकन गरि सलह पक्रन, छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न ठूलो आवाज निकाली थपाउन आग्रह समेत गरेका छन् ।

उनले भने–‘हजारौँको संख्यामा रहेका सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिन्छन् त्यस समय भित्र फिल्डमा गएर सबै उपाय अपनाउनु आवश्यक छ ।’

उनले किरा पक्रेर ल्याए २५ रुपैँयाका दरले प्रदेश सरकारले खरिद गर्ने निर्णय यस अघि नै गरिसकेको बताउँदै सलह नियन्त्रणका लागि प्रदेश सरकार कृषि निर्देशनालयले प्रयास गरिरहेको र यसमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।



शुक्रबार १९, असार २०७७ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.