काठमाडौं । बाबा रामदेवले कोरोनाको आयुर्वेदक औषधी बनाएका छन् । बाबा रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ुकोरोनिलु बनाएको हो ।
२८० जनाको परिक्षण गर्दा ुकोरोनिलु ले ७ दिनमा सबै कोभिड १९ का संक्रमितलाई ठिक पारेको बाबा रामदेवले दाबी गरेका छन् ।
परिक्षणको तीन दिनमा ६९ प्रतिशत ठीक भएका बिरामी ७ दिनमा सबै ठिक भएका हुन् ।
हरिद्वारमा आयोजित कार्यक्रममा औषधी मात्र सार्वजनीक गरेनन् उनले कोरोनामा रामबाण समेत हुने सुनाए ।
कोरोनिल औषधी ७ दिनभित्र पतञ्जलीको स्टोरमा उपलब्ध हुने बाबा रामदेवले बताएका छन् ।
कोरोनाको औषधि बनाउन पतञ्जलीका टोलीसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी थिए ।
पतञ्जलीले बनाएको औषधीको अनुसन्धान प्रक्रियाको सबै कुराहरु वैज्ञानिक शोधमा समेटिएको रामदेवले वताए। स्थानीय जडिबुटिको प्रयोग गरेर औषधी बनाइएको बताइएको छ ।
६ सय रुपैयामा औषधी बजारमा पुर्याउने तयारी भइरहेको रामदेवले बताए।
प्रतिकृया दिनुहोस