 
                                                            
   बझाङ्ग जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा न ११को भोपुरमा रहेको सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगत संचालित जयपृथ्वी बहुमुखी क्याम्पस क्वारेन्टाइृनमा राखिएका ४२ जना  लाई जिल्ला आयुर्वेद स्वास्थ्थ केन्द्र र पतन्जली योग समितिले आयुर्वेद स्वाथ्थ र योग कक्षा संचालन गरेको छ । भारतका बिभिन्न शहर वाट धार्चुला नाका झुलाघाट नाका गङ्घाचौकी नाका गौरीफंटा नाका वाट जिल्लाको जयपृथ्वी नगरपालिकाका बिभिन्न वडाका ४२ जना मानिस नगरपालिका भित्रिय संगै स्थानीय सरकारले क्वारेन्टाईनको स्थापना गरेर करिव २२ दिन जति क्वारेन्टाईनमा राख्ने र स्वास्थ्थ परिक्षण गरेर मात्र घर पठाउने निर्णय गरे संगै क्वारेन्टाईनमा बस्ने स्थानीयलाई दिनचर्या बिताउन भने निकै कठिनाई बन्दै आएका बेला जिल्ला आयुर्वेद स्वास्थ्थ केन्द्रले आयुर्वेद स्वास्थ्थ र योगाको कक्षा संचालन गर्ने गरेको  छ । योगामा गरिने बिभिन्न ब्याम र आसन आयुर्वेद औषधिको प्रयोग जडिबुटीलाई औषधीको रुपमा दैनिक प्रयोग गर्ने तरीका ज्ञान दिए संगै कोरोना भाईरसको संक्रमण वाट बाँच्न सेनिटाईजर सर्जिकल गोलव माक्स समेत बितरण गरेको छ । क्वारेन्टाईनमा बस्नेहरुले पनि पछिल्लो समय जुन कमजोर मनसाय बनाएर नेपाल भित्रियका हुन तो मनसायमा समेत यो दैनिक दुई घण्टाको  कक्षा संचालनले निकै उर्जा थपेको उनीहरुको भनाई छ । प्रत्येक दिनको शाररीरिक ब्यामले शरीर हल्ला बन्दै गएको र आफुहरु स्वस्थ्थ रहेको महसुस गर्न थालेको र स्थानीय सरकारले चाडो भन्दा चान्डो स्वास्थ्थ चेकजाँच गरेर घर पठाई दिए आफुहरु अझै सुरक्षित हुनेमा समेत बिश्वास राखेका छन ।
प्रतिकृया दिनुहोस