बैंक तथा वित्तीय संस्थामा खुलेका १ करोड बचत खाता निष्कृय हुन सक्ने

अर्थ समाचार

Yugnepal     708 पटक पढिएको    

बैंक तथा वित्तीय संस्थामा खुलेका १ करोड बचत खाता निष्कृय हुन सक्ने


बैंक तथा वित्तीय संस्थामा खुलेका १ करोड बचत खाता निष्कृय हुन सक्ने
काठमान्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खुलेका बचत खाता तीन बर्ष सम्म प्रयोग नभएमा निष्कृय हुने जनाएको छ । कल र चल्ती खाताको हकमा ६ महिना हुनासाथ यस्तो खाता निस्कृय हुने छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंकहरुले हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र केन्द्रिय बैंकमा पठाउनु पर्ने छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुष मसान्तको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा २ कारेड २० लाख बचत खाता रहेका छन् । जस मध्ये १ करोड २० लाख ११ हजार १ सय ३६ वटा बचत खाताबाट मात्र कारोबार हुने गरेको छ । बाँकी ९९ लाख ८८ हजार ८ सय ६४ खाता राष्ट्र बैंकको नीति अनुरुप निष्कृय हुन सक्ने देखिन्छ ।

तथ्याङ्क अनुसार १ करोड ८० लाख बचत खाता वाणिज्य बैंकमा मात्र छन् । तर वाणिज्य बैंकमा सक्रिय रुपमा कारोबारमा रहेका खाता ९९ लाख ४९ हजार ९ सय ७५ रहेका छन् । त्यस्तै विकास बैंकमा कुल बचत खाता ३० लाख छन भने २० लाख खाता सक्रिय रुपमा सञ्चालनमा रहेका छन् । वित्त कम्पनीमा ६ लाख ९७ हजार खाता खुलेका छन् । वित्त कम्पनीमा पनि खोलिएका जति खाता कारोबारमा सक्रिय छैनन् । तथ्याङ्क अनुसार ३ लाख ७८ हजार ४ सय ७६ बचत खाता मात्र सक्रिय रुपमा सञ्चालनमा छन् ।बैंकिङ खबर 



सोमबार ११, चैत २०७५ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.