 
                                                            धनगढी  पश्चिम रुकुम घटना प्रकरण  सत्यतथ्य छानविनकोमाग गदै आज  कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेको छ ।
  मुक्तिका लागि साझा अभियान संघर्ष समितिले धनगढीमा विरोध प्रदर्शन गरेको  हो ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा पाँच जनाको हत्या र एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग सहित समितिले प्रदर्शन गरेको हो ।

हत्यारालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, वेपत्ताको यथाशिघ्र खोजी गर्नुपर्ने लगायतका नाराजुलुस गरेका थिए । समितिका संयोजक प्रेम विसीको नेतृत्वमा सो प्रदर्शन गरिएको नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधी अमृत विसीले जानकारी दिए ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना हुन नदिन सरकार सचेत हुनुपर्ने संयोजक प्रेमले माग गरे ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफनी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज सहित उनका पा“च जना साथी मारिएका छन भने एक जना अझै वेपत्ता छन ।

प्रतिकृया दिनुहोस