प्रदिप मलासी बझाङ्गको थलारा गाउपालिकाले भारतिय सिमामा अलपत्र परेका ९३ जना लाइ आज उद्वार हरेर गाउपालिकाको क्वारेन्टाइनमा पुर्याएका छन । गाउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको नेतित्वको टोलिले हिजो जेठ ३ गते सु प राजधानी धनगढी वाट तिन बास रिजर्व गरेर थलारा गाउपालिकाको वडा न१ र वडा न २ का बिभिन्न क्वारेन्टाइनमा बस्ने बन्दोबस्त मिलाएका छन ।भारतको दिल्ली वाट बरेली रामपुर हुदै गौरीफाँटा नाकामा अलपत्र परेका ९३ जना नेपाली झन्डै ४९ दिन सिमा बस्दै आएका थिए । गाउपालिका २ भारतमा निकै दुख पाइयो अव ढुक्क भएका छौ आफ्नो जन्म भुमि गाउ घर पुगेको मा खुसी लागेको छ । थलारा गाउपालिका सरकारले हाम्रो उद्वार गरेर घर सम्म पुर्याएकोमा निकै खुसी पनि लागेको छ आगामी दिनमा पनि हामी सरकारको निर्देशनको पुर्ण पालन गरेर क्वारेन्टाइनमा बसी सम्पुर्ण चेक जाँच पछि मात्र घर जाने छौ ।
प्रतिकृया दिनुहोस