भाजपाको यसरी बन्यो चुनावी प्रचार रणनीति, मोदीले १२५ र्यालीबाट ५०० सिट समेट्ने

विदेश

Yugnepal     697 पटक पढिएको    

भाजपाको यसरी बन्यो चुनावी प्रचार रणनीति, मोदीले १२५ र्यालीबाट ५०० सिट समेट्ने

भाजपाको यसरी बन्यो चुनावी प्रचार रणनीति, मोदीले १२५ र्यालीबाट ५०० सिट समेट्ने 

काठमाडौं । भारतको लोकसभा निर्वाचनका लागि सत्ताधारी भारतीय जनता पार्टी भाजपाले प्रचारप्रसार रणनीति तयार पारेको छ । 

उक्त रणनीति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले १२५ र्यालीबाट लोकसभाका ५०० सिट कभर गर्नेछन् । 

भाजपाले चुनावका सात चरणका लागि क्लस्टर नै तयार गरेको हो । एक क्लस्टरमा ३–४ सिट समावेश हुनेछन् । 

मोदी र पार्टी अध्यक्ष अमित शाहले देशभर हुने र्याली र रोड शोको सूची तयार गरेका छन् । देशभर भाजपाले चुनावका लागि झण्डै ७०० सभा गर्नेछ । 

मोदीका सर्वाधिक सभाहरु युपी, पश्चिम बंगाल र बिहारमा हुनेछन् । यी राज्यमा ७ चरणमा भोटिङ हुँदैछ । 

शाहले १०० देखि १२५ वटासम्म सभामा सहभागीता जनाउन सक्नेछन् । मोदीले देशका ५४३ मध्ये ५०० सिटका लागि र्यालीमा सहभागीता जनाउन सक्ने बताइएको छ । 

उनको योजनाअनुसार हर चरणको चुनावमा छोटो राज्यमा कम्तीमा एक र ठूलो राज्यमा ३ वटासम्म सभा हुनेछन् । 

पहिलो चरणमा ११ अप्रिलमा २० राज्यका ९१ सिटमा चुनाव हुँदैछ । पहिलो चरणको र्याली मोदीले २९ वा ३० मार्चमा सुरु गर्न सक्ने बताइएको छ । 



सोमबार ११, चैत २०७५ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.