भारतीय समूहको प्रहरीमाथि हमलाको प्रयास, प्रहरीद्धारा जबाफी फायरिङ

Yugnepal     808 पटक पढिएको    

भारतीय समूहको  प्रहरीमाथि हमलाको प्रयास, प्रहरीद्धारा जबाफी फायरिङ

 

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा शनिवार साँझ गोली चलेको छ । नेपाल र भारतको बोर्डर दशगजा क्षेत्रमा ठूलो संख्यामा भारतीय नागरिकको समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले फाइरिङ गरेको हो । 

भारतीय समूहले प्रहरीमाथि हमलाको प्रयास गरेपछि प्रहरीले फायरिङ गरेको स्थानीयले बताएका छन् ।

घटनाको जिल्लास्थित सुरक्षा स्रोतले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेको जनाएको छ ।

राति कचनकवल गाउँपालिका वडा न १ घेराबारीमा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीहरुमाथि भारतीय नागरिकहरुबाट हमला प्रयास भए पश्चात् जबाफी रुपमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले फायरिङ खोलेको जिल्ला सुरक्षा स्रोतले जनाएको छ । 



आइतबार ०४, जेठ २०७७ १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.