विश्वमा कोरोना संक्रमित ३९ लाख १६ हजार

Yugnepal     786 पटक पढिएको    

विश्वमा कोरोना संक्रमित ३९ लाख १६ हजार

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख १६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन बिहीबार ९६ हजार भन्दा बढी संक्रमित थपिए । 

अहिलेसम्म २ लाख ७० हजार ७०० जनाको ज्यान गइसकेको छ । १३ लाख ४१ हजार भन्दा बढीलाई निको भएको छ । 

अमेरिकामा सबैभन्दा बढी १२ लाख ९२ हजार ६२३ जना संक्रमित हुँदा ७६ हजार ९२८ जनाको ज्यान गएको छ । दोस्रो स्थानको स्पेनमा २ लाख ५६ हजार ८५५ जना संक्रमित हुँदा मृतक २६ हजार ७० पुगेका छन् । 

तेस्रो स्थानको इटालीमा २ लाख १५ हजार ८५८ जना संक्रमित हुँदा २९ हजार ९५८ जनाको ज्यान गएको छ । चौथो स्थानको बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार ७१५ जना संक्रमित हुँदा ३० हजार ६१५ जनाको ज्यान गएको छ । 

रुस पाँचौं स्थानमा पुगेको छ । पछिल्ला दिनमा दैनिक १० हजार भन्दा बढी संक्रमित थपिँदै गएका छन् । रुसमा संक्रमितको संख्या १ लाख ७७ हजार १६० पुगेको छ भने १ हजार ६२५ जनाको ज्यान गएको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७४ हजार ७९१ जना संक्रमित हुँदा २५ हजार ९८७ जनाको ज्यान गएको छ । सातौं स्थानको जर्मनीमा १ लाख ६९ हजार ४३० संक्रमित हुँदा ७ हजार ३९२ जनाको ज्यान गएको छ । 

आठौं स्थानको ब्राजिलमा संक्रमित १ लाख ३५ हजार ६९३ पुगेका छन् भने मृतक ९ हजार १८८ जना छन् । नवौं स्थानको टर्कीमा १ लाख ३३ हजार ७२१ जना संक्रमित हुँदा ३ हजार ६४१ को ज्यान गएको छ । 

इरानमा १ लाख ३ हजार १३५ जना संक्रमित हुँदा ६ हजार ४८६ जनाको ज्यान गएको छ । ११ औं स्थानको चीन ९उद्गम स्थल० मा संक्रमित निकै कम थपिएका छन् । नियन्त्रण भइसकेको बताइएको चीनमा २६० जनामा मात्र सक्रिय संक्रमण छ । संक्रमितको संख्या ८२ हजार ८८६ रहको छ । मृतक ४ हजार ६३३ छ । 

१२ औं स्थानको क्यानाडामा ६४ हजार ९२२ जना संक्रमित हुँदा ४ हजार ४०८ जनाको ज्यान गएको छ । १३ औं स्थानको पेरुमा ५८ हजार ५२६ जना संक्रमित हुँदा १ हजार ६२७ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको भारतमा ५६ हजार ३५१ जना संक्रमित हुँदा १ हजार ८८९ को ज्यान गएको छ । १५ औं स्थनको बेल्जियममा ५१ हजार ४२० जना संक्रमित हुँदा ८ हजार ४१५ जनाको ज्यान गएको छ । 

नेदरल्यान्डमा ४१ हजार ७७४ जना संक्रमित हुँदा ५ हजार २८८ जनाको ज्यान गएको छ । १७ औं स्थानको साउदी अरेबियामा ३३ हजार ७३१ जना संक्रमित भएकामा २१९ को ज्यान गएको छ । 

१८ औं स्थानको इक्वेडरमा ३० हजार २९८ संक्रमित हुँदा १ हजार ६५४ जनाको ज्यान गएको छ । १९ औं स्थानको स्वीटजरल्यान्डमा ३० हजार १२६ जना संक्रमित हुँदा १ हजार ८१० को मृत्यु भएको छ । 

२० औं स्थानको मेक्सिकोमा २९ हजार ६१६ जना संक्रमित भएका छन् । शुक्रबार बिहान मात्रै २ हजार नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ हजार ९६१ पुगेको छ । 

https://brainberries.co/movietv

Priyanka Chopra | 9 Bollywood Stars Who Hate Each Other In Real Life | Brain Berries



शुक्रबार २६, बैशाख २०७७ ११:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.