वित्थडचिर गाउँपालीकाद्वारा पचास केजिका दरले ११ सय घरपरिवारलाई राहत वितरण,

Yugnepal     1340 पटक पढिएको    

वित्थडचिर गाउँपालीकाद्वारा पचास केजिका दरले ११ सय घरपरिवारलाई राहत वितरण,

 

जिल्लाको स्थानीयतह वित्थडचिर गाउँपालीकाले राहत वितरण गरेको छ । 

वित्थडचिर गाउँपालीकाले नेपाल सरकारले लगाएको लकडाउनलाई मध्यनजर गर्दा गाउँपालीका भरिका  गरिव, विपन्न,दलित,अशाहय दिनदुखि श्रमिकहरुलाई राहत वितरण गरेको हो । 

यतिबेला विश्वमहामारीको शज्ञ्यामा देखापरेको बेला स्थानीय तहमा पनि लकडाउनले गर्दा काम गर्न नपाएर भोकभोकै बस्न बाध्य अति गरिव परिवारलाई गाउँपालीका बाट प्रत्येक वडामा रहेका गरिवलाई ५० केजीका दरले अत्ति विपन्न अत्तिगरिव  प्रतिपरिवार हेरेर चामल वितरण गरेको गाउँपालीका प्रवक्ता हर्क बहादुर धामीले जानकारी दिनुभयो । 

प्रवक्ता धामिका अनुसार वित्थडचिर गाउँपालीका अध्यक्ष प्रेम बहादुर बोहरा लगाएतको जनप्रतिनिधिको ठोलीले गरिव विपन्न दलित परिवारलाई कुप्पनको आधारमा राहत वितरण गरेको थियो, जसमा वडा नम्बर एक देखि ९ सम्मका त्यो सिमामा पर्ने सबैलाई राहत उपलब्ध गराईएको थियो, राहत पाउनेमा वडा नम्बर एकमा १३५ परिवार वडा नम्बर २ मा १२५ परिवार वडा नम्बर ३ मा ६० परिवार वडा नम्बर ४ मा १६८ परिवार वडा नम्बर ५ मा ८१ परिवार वडा नम्बर ६ मा १४० परिवार वडा नम्बर ७ मा ६० परिवार वडा नम्बर ८ मा ६० परिवार वडा नम्बर ९ मा १८० परिवारलाई प्रतिपरिवार ५० केजिका दरले खाद्यान्न उपलब्ध थराएको प्रवक्ता धामीले बताए । 

उनले भने, अझै कोहि स्थानीयहरु भोकै बुस्नुपर्ने बाध्यता भएको भए स्थानीय तह तथा जनप्रतिनिधिलाई खवर गरि राहत उपलब्ध गराउने उनको भनाइ छ । प्रवक्ता धामिका अनुसार अहिले स्थानीय तह वित्थडचिरमा ११ सय घरपरिवारलाई राहत वितरण गरिएको हो ,राहत नपाएका तथा पाउन छुटभएका दाजुभाइ लाई अर्को पटक वितरण गरिने अध्यक्ष  धामीले बताए ।



आइतबार २१, बैशाख २०७७ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal