केपी शर्मा ओली हँसाउने वामदेव गौतम हाँस्ने

Yugnepal     1368 पटक पढिएको    

केपी शर्मा ओली हँसाउने वामदेव गौतम हाँस्ने


काठमाडौं । बुद्धि ठूलो कि बल रु यो विषय विवादका लागि निकै राम्रो विषय हो । बल हुँदैमा त्यसको बुद्धि भएन भने पनि गुल्टुङ खाइरहन्छ । 

त्यस्तै भएको छ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई पनि । उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शब्दजालमा पारिरहन्छन् । 

कहिले सांसद बन्ने लालसा, कहिले प्रधानमन्त्री बन्ने लालसाले गौतमलाई धेरै पटक ओलीले गुल्टाइसके । जसलाई एमालेको पार्टी अध्यक्ष बनाउन गौतमले ज्यानको बाजी नै लगाए ।

करियर नै दाउमा लगाए । दुर्भाग्य ओली अध्यक्ष बनेदेखि नै वामदेवलाई पेलेको पेल्यै छन् । अगाडि बढ्न दिएकै छैनन् । 

निकै ढिला गरी वामदेव पार्टी उपाध्यक्ष भए त्यो पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बलमा ।

गौतमकै कारण नेकपा एकता भयो । ओलीको राजनीति आकासियो । तिनै गौतमलाई २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ओलीले गुल्टाइदिए । तत्कालीन माओवादी केन्द्रसंग एकता गरेर मजबुद भए पनि गौतमले हारे । माओवादीले भोट दियो तर एमालेले दिएन । 

ओलीले आफूलाई जस्तोसुकै बेलामा शत्रु परास्त गर्न सक्ने अस्त्र पाएका जस्ता लाग्छन् । पटक पटक ओलीको कुर्सी दाउमा पर्छ अनि उनले वामदेवलाई मूर्ख बनाउन नयाँ नयाँ शब्दजाल फ्याँक्छन् । 

यसअघि पनि उनलाई सांसद बनाउन थुप्रै प्रयास भए । तर ओलीले रोके । सांसदले पनि आफ्नो कुर्सी छाडिदिए ओलीले रोके । राष्ट्रियसभामा लगेर भए पनि संविधान संशोधन गरेर भए पनि वामदेवलाई प्रधानमन्त्री बनाउने भनी नाटक ओलीले रचे । अन्तिममा वामदेवलाई मूर्ख बनाइदिए । 

अहिले ओलीको स्थिति राम्रो छैन । देश विकास त परैको कुरा पार्टी विनाशमै लागेका छन् ओली । तर दुवै पदीय कुर्सी छाड्न तयार छैनन् । 

प्रधानमन्त्री पदबाट जस्तोसुकै बार्गेनिङ खेप्न उनी तयार छन् । माओवादीका नेताहरुलाई मान्छे नगन्ने उनले फेरि पनि एमालेभित्रैबाट समाधान खोजिरहेका छन् । 

उनले वामदेवलाई फेरि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा बाहिरिएको छ । बुधबार जवरजस्ती दवावमा बसेको नेकपा सचिवालय बैठकमा वामदेवलाई प्रधानमन्त्री बन्न र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेको बताइएको छ । 

यदि यो प्रस्ताव गरेको साँचो हो भने वामदेव फेरि पनि बुद्धु बनेका छन् । पार्टीभित्र उथलपुथल भइरहँदा उनका लागि संविधान संशोधन हुने सम्भावना कतै देखिँदैन । लगभग दुई तिहाईको समर्थन भए पनि दुई तिहाइ पुग्ने सम्भावना नभएको स्पष्टै छ । 

फेरि ओलीले मधेसवादी दलहरुलाई निराश पारिसकेका छन् । राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनिसकेको छ । अब फेरि त्यो दल ओलीको चास्नीमा फस्ने सम्भावना कतै छैन । 

हँसाउने ओली चलाख, हाँस्ने वामदेव उस्तै
प्रधानमन्त्री ओली पहिलेदेखि हँसाउँथे । उखान टुक्का भनेरै पनि हँसाउँछन् । कहिले माहोल बनाउने नाममा रमाइलो गर्न त कहिले जग हँसाउँन नराम्रो काम गरेर । 

अहिले जग हाँसिरहेको छ ओलीको नराम्रो कर्मका कारण । विश्व नै कोरोना भाइरसको महामारीले अस्तव्यस्त छ । नेपाल अछुतो छैन । पाँच साता भन्दा बढी भइसक्यो देशमा लकडाउन लागेको । तर ओलीलाई आफ्नो कुर्सी बचाउने चिन्ता छ । देश र जनता बचाउने हैन । 

देश र जनता बचाउने कुनै पनि गतिलो योजना उनले ल्याएका छैनन् । न त ल्याए विकासका । कहाँबाट भ्रष्टाचार गर्न सकिन्छ भनी उनी लागिपरेका छन् । त्यसैले त हात धोए उनका प्रियपात्र घरमै पालेर राखेका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले । 

ओलीले त्यस्ता थुप्रैलाई यो भ्रष्टाचार कान्डका लागि खटाएका छन् । यति समूहको कुरै नगरौं । 

यसरी भ्रष्ट भइरहँदा उनले मानसिक रुपमा नेकपाका सबै नेतालाई भ्रष्ट बनाइसकेका छन् । सामाजिकदेखि मानसिक रुपमै । 

सबैलाई थाहा छ कोरोनाको संक्रमण तत्काल सकिने वाला छैन । फेरि यसको असर कत्तिको छ भन्ने समेत वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन् । यसको खोप पनि अझै बनेको छैन । 

नेपालमा संक्रमित बढ्दै छन् । ओलीले बुधबारमात्रै वामदेवलाई फ्याट्टै भनेछन् कोरोना भाइरसको संक्रमण सकिएपछि पदबाट छाडौंला र प्रधानमन्त्री दिउँला । 

कोरोना कहिले सकिएला र ओलीले कहिले छाड्लान् । वामदेवलाई फेरि शब्दजालमा पारे ओलीले । वामदेव सांसद छैनन् । जसले गर्दा ओलीको आश्वासन बटुल्नु बाहेक उनीसंग अझै तीन वर्ष केही हात लाग्नेवाला छैन । 

दिए खाने हो नत्र वामदेव भोकै बस्ने हो । यस्तोमा ओलीले वामदेवलाई फिस्स आश्वासनको हाँसो दिएका छन् वामदेव हाँसेका छन् । त्योभन्दा बढी त जग हाँसेको छ । सिंगो नेकपा हाँसेको छ । 

कुर्सी जोगाउन जसले आफ्नो पक्षमा सांसदहरुको हस्ताक्षर गर्न अग्रसर रहन्छ उसले वामदेवलाई सजिलै हस्तान्तरण गर्छ भन्ने सोच्नु मूर्खता नै हो । 

अनि ओलीका लागि माधव नेपाल पनि त्यस्तै हुन् । सके आफै ओलीले खान्छन् नसके जहाँ सक्यो त्यतै फाल्लान् शक्ति तर माधव नेपाललाई दिनेवाला छैनन् । 

उनलाई पटक पटक ओलीले धोका दिएको इतिहास साक्षी छ । 

त्यसैले ओलीले अहिले शब्दजाल फालेका छन् – वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टी अध्यक्ष । 

अनि अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र उनको कम्पनीले के एमालेका नेताहरुको रमिता हेर्दै थपडी बजाउला रुरु 

टुंगेन सचिवालय बैठक
नेकपाको सचिवालय बैठकमा कुनै निष्कर्ष निस्केको छैन । बैशाख २० गते फेरि बैठक बस्नेछ । ओलीले बेसमयमा दुई वटा राजनीतिक अध्यादेश ल्याएर फिर्ता पनि भैसके । तर नेकपाभित्रको भाँडभैलो कायमै छ । 

स्थायी समिति सदस्यहरु स्थायी समिति बैठकको माग गरेका छन् भने केन्द्रीय सदस्यहरु हामीले पनि भूमिका खेल्न पाउनु पर्ने माग गरेका छन् । हाम्राकुरा बाट साभार 



बिहिबार १८, बैशाख २०७७ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.