कैलालीमा एक जना शिक्षक मृत फेला

Yugnepal     859 पटक पढिएको    

कैलालीमा एक जना शिक्षक मृत फेला

 

जिल्लाको गौरीगंगा नगरपालिका ९ मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका छन ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्षिय भुसाल पुर्व(पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बिहीवार राती साढे १० बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको बताए ।

उनले घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको बताए । मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको बताउदै प्रहरी नायब उपरीक्षक बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली पुगेर अनुसन्धान थालेको बताए । बिहिबार साझ एकजना साथीले बोलाएपछी उनी मसुरियाबाट ८ किलोमीटर पुर्वतर्फ रहेको पहलमानपुर बजार तर्फ गएका थिए ।

पहलमानपुरको एक होटेलमा साथीसंगै मदिरा सेवन गरेपछी भुषाल राती ८स्३० बजेतिर जङ्गलको बाटो हुँदै साइकलमा घर फर्कदै गर्दा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानका लागि भन्दै प्रहरीले साथी सहित होटल संचालकलाई समेत नियन्त्रणमा लिएको छ । शिक्षा क्षेत्रमा कृयाशिल भुषाल एनप्याब्सनको केन्द्रिय उपाध्यक्ष समेत रहि सकेका छन ।



शुक्रबार १२, बैशाख २०७७ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal