। भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ ।
जारी लिष्टअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि वाराणसीबाट टिकट पाएका छन् । तर ९१ वर्षीय लालकृष्ण आडवाणीले भने टिकट पाएनन् । उनको ठाउँ गान्धीनगरबाट अध्यक्ष अमित शाह मैदानमा उत्रने भएका छन् ।
आडवाणी आफैले सिट नछोडे पनि पार्टीले निर्णय लिएको बताइएको छ । सन् १९८९ मा पहिलो पटक लोकसभा चुनाव जितेका आडवाणी लगातार आठ पटक लोकसभा सदस्य रहे ।
गान्धीनगरबाट उनले ६ पटक चुनाव जितेका थिए ।
मोदीका लागि सन् २०१४ मा मुरली गडकरीले वाराणसी छोडेर कानपुरबाट चुनाव जितेका थिए ।
कानपुरबाट अहिलेसम्म घोषणा भएको छैन । त्यसैगरी नागपुरबाट पूर्व अध्यक्ष नितिन गडकरी, लखनउबाट राजनाथ सिंहले टिकट पाएका छन् ।
पहिलो लिष्टमा बलिउड अभिनेत्रीहरु हेमा मालिनी र स्मृति इरानी पनि परेका छन् ।
त्यसैगरी पुनम महाजन, प्रितम मुन्डेसहित २० महिलाले टिकट पाएका छन् ।
इरानीले दोस्रो पटक अमेठीबाट टिकट पाएकी हुन्। पछिल्लो पटक उनी कांग्रेस अध्यक्ष राहुल गान्धीसंग चुनाव लडेकी थिइन् ।
हेमा मालिनीले मथुराबाट टिकट पाएकी हुन् ।
पहिलो लिष्टमा चार जना मुस्लिम पनि परेका छन् ।
हाम्राकुरा
प्रतिकृया दिनुहोस