एकैदिन १४ जनामा कोरोना  संक्रमितको  संख्या ३० जना

Yugnepal     797 पटक पढिएको    

एकैदिन १४ जनामा  कोरोना   संक्रमितको  संख्या ३० जना

 काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस  कोभिड १९  का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् । 

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२७ बर्षीय पुरुष र ६३ बर्षिय महिला)
अध्यावधिक मिति: २०७७ बैशाख ५ गते


संक्रमितहरु उदयपुर नगरपालिका(३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।



शुक्रबार ०५, बैशाख २०७७ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.