कतारमा नेपालीलाई बासस्थान छाड्न दबाब

युग संवाददाता     1279 पटक पढिएको    

कतारमा नेपालीलाई बासस्थान छाड्न दबाब

 

 

दोहा– कतारमा कार्यरत नेपालीहरुलाई कम्पनीले वासस्थान छाड्न दबाब दिन थालेका छन् । कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा हाल कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई आफू कार्यरत कम्पनीले उपलब्ध गराएको बासस्थान छाड्न दबाब दिने गरेको गुनासो आएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
दूताबासले सूचना जारी गर्दै त्यस्ता गुनासासहित फोन इमेल आउने गरेको बताउँदै त्यस्ता गुनासाहरु कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको ९२७२७ मा म्यासेज गर्न तथा टेलिफोन नम्बर ४०२८०६६० वा १६००८ मा सम्पर्क गर्न समेत दूताबासले अनुरोध गरेको छ ।
बासस्थानलगायत खाना र तलबका बारेमा परेका गुनासाहरुका लागि कतार सरकारको मन्त्रालयमा म्यासेज गर्दा कतारी आइडी वा भिसा नम्बरको अगाडि ५ थपेर पठाउनु दूताबासले जानकारी गराएको छ ।
कतारमा भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ११ जना पुगेको छ । अहिलेसम्म ४०६ उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने मृतकको संख्या ७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्यांक बाहिर नआएको दूताबासले जनाएको छ ।
यता, विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुमा देखा परेका समस्या समाधानका निम्ति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिद्वारा दोस्रो चरणमा कतार च्यारिटीद्वारा प्राप्त साथै नेपाली दूताबास कतारको विशेष पहल र उपस्थितिमा कतारको विभिन्न ठाउँमा रहेका २५० नेपाली श्रमिकहरुलाई खाद्यान्न बितरण गरिएको एनसिसी कतारका महासचिव पदम गिरीले जानकारी दिएका छन् ।  प्रभाव अनलाइनबाट 



शुक्रबार ०५, बैशाख २०७७ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal