काठमाडौंमा मात्रै पाँच कोरोना संक्रमित, कति छन् नेपाल भर

Yugnepal     744 पटक पढिएको    

काठमाडौंमा मात्रै पाँच कोरोना संक्रमित, कति छन् नेपाल भर


विदेशबाट आएकालाई घरबेटी र समुदायले बस्न नदिएको गुनासो, नमूना परीक्षण गराउने बढे

काठमाडौं । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मंगलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले उपत्यकामा मंगलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताए । उनका अनुसार पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले  ३० जना आउने गरेका छन् । 

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए(नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् । “उपत्यकामा सङ्क्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमूना परीक्षण गराइरहेका छन्”, उनले भने, “विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।” अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए । 

पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो सङ्क्रमण देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

मंगलबार सङ्क्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको टेकु अस्पतलाको आइसोलेशनमा उपचार भइरहेको छ । अहिले नेपालमा १६ जनामा सङ्क्रमण देखिएको छ । कैलालीमा चार, कञ्चनपुरमा एक, वागलुङ्मा दुई, काठमाडौँमा पाँच, पर्सामा तीन र  रौतहटमा एक जना सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उपत्यकामा नमूना परीक्षणको दायरा बढाइरहेको बताए ।  उनले मंगलबार सङ्क्रमित देखिएका स्थानमा एक हजार ७०० को परीक्षण गरिने जानकारी दिए । मन्त्रालयका अनुसार मङ्गबारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन ९पीसीआर० र र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडीटी० गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको छ ।

परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । इपिडिमोलोजी तथा सरुवा नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताए । “हरेक स्थानीय तहले आफ्नो वडामा विदेशबाट आएका मानिसको नाम सङ्कलन गरिरहनु भएको छ”, उनले भने, “ती सङ्कलितहरुको हामीले नमूना परीक्षण गरिरहेका छौँ ।”

उनले मंगलबार देखिएका दुई जनाको आफन्त र नातेदारमा पीसीआर र अपार्टमेन्टमा बस्ने अन्यलाई आरडीटी विधिबाट परीक्षण शुरु गरिसकेको जानकारी दिए । मंगलबारमात्र उपत्यकामा पीसीआरबाट ३८७ जनाको परीक्षण गरिएको छ । 



बुधबार ०३, बैशाख २०७७ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.