बेलायतमा मुटु पीडित ६ महिने बालिका जसलाई कोरोनाले सतायो

Yugnepal     933 पटक पढिएको    

बेलायतमा मुटु पीडित  ६ महिने बालिका जसलाई कोरोनाले  सतायो

काठमाडौं । कोरोना भाइरसले स्वास्थ्य कमजोर भएका कसैलाई पनि छाड्दैन भनिन्छ । त्यस्तै भएको छ बेलायतमा । 

एक ६ महिने बालिकालाई कोरोनाले आक्रमण गरेको छ । ६ महिने एरिन बेट्सलाई पहिलेदेखि नै मुटुको समस्या थियो । गत डिसेम्बरमा उनको ओपन हार्ट सर्जरी भएको थयो । 

गत शुक्रबार उनलाई कोरोना भाइरसको संक्रमण भएको समेत पत्ता लागेको छ । बेलायती अनलाइन डेलीमेलका अनुसार उनको लिभरपुलस्थित एल्डर हे चिल्ड्रेन अस्पतालमा उपचार भइरहेको छ । 

उनको स्वास्थ्य स्थीर रहेको डाक्टरहरुले बताएका छन् । उनका अभिभावकले त्यस्तो तस्वीर सार्वजनिक गरेका छन् जसले सबैको मुटुको धडकन बढाइदिएको छ । 

उनलाई कन्टिनियस पोजेटिभ एयरवे प्रेसर ९सीपीएपी० मेसिनबाट अक्सिजन दिइएको छ । 

उनीसंग एक जनामात्र अभिभावक बस्न पाउँछन् । उनका ३२ वर्षीय बाबु वाइने छोरीको सम्पर्कमा आएकाले गर्दा घरमै सेल्फ आइसोलेटेड हुन गएका छन् । 

बच्चीकी आमा २९ वर्षीया इम्मा बेट्स भने साथमै छिन् । 



बुधबार ०३, बैशाख २०७७ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.