असिना पानीले गहुँ तथा नगदे बालीमा क्षति

Yugnepal     1242 पटक पढिएको    

असिना पानीले गहुँ तथा नगदे बालीमा क्षति

 

चुरे । कैलालीको पहाडी क्षेत्रमा परेको अचानक परेको असिना पानीले त्यस क्षेत्रको गहुँ तथा नगदे बालीमा क्षति पुगेको छ । मंगलबार दिउँसो आएको हावाहुरीसंगै असिना पानीले त्यस क्षेत्रको कृषिमा ठुलो क्षति पर्याएको जनाइएको छ ।

सुन्तलाको पकेट क्षेत्र मानिएको चुरेमा अचानक असिना पानी परेपछि अनुमानित एक करोड बराबरको क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

किसानहरूले भर्खरै खुर्सानी, ट्माटर लगायतका तरकारी खेती गरिरहेका थिए । अचानक परेको असिना पानीले तरकारीका वेर्नानै नष्ट गरेको छ चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले भने ।

उनले सुन्तलाका बोटहरूमा पनि क्षति पुगेको बताए । उनले भने( सुन्तलाका बोटमा न त पात रह्यो न त फूलनै अब हाँगामात्र रहेका छन् । उनले किसानहरूले वेर्नाको व्यवस्था गर्न माग गरिरहेको जानकारी दिए । उनले काटेर राखेको गहुँमा पनि क्षति पुगेको बताए ।


समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव मिनराज बडुले असिना पानीले कृषिमा क्षति पुर्याएको बताए । उनले कोभिड १९ को कारणले देश लकडाउन भएको महासंकटको परिस्थितिमा उक्त क्षेत्रका कृषकमा निराश र भोकमरीको त्रास बढेको बताए ।

उनले भने (यस विपत्तिको घडीमा नोक्सानको पुर्ण जायजा लिइ उचित क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार र प्रदेश सरकारको सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।

उनले छिटोभन्दा छिटो क्षतिको विवरण लिइ उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने बताए ।

तस्विरः मीनराज बडुको फेसबुकबाट



मङ्गलबार ०२, बैशाख २०७७ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.