कोरोना त्रासले सनसीटी आसपास मानिस घरको छतमा पनि निस्कन छोडे

Yugnepal     944 पटक पढिएको    

कोरोना त्रासले सनसीटी आसपास मानिस घरको छतमा पनि निस्कन छोडे


काठमाडौं। सनसीटीमा रहेका ३ जनामा कोरोना संक्रमण भएको पुष्टी भएपछि त्यस आसपासमा समेत सन्नाटा आएको छ। सनसीटीमा प्रहरीको २४ सै घण्टा पहरेदारी  र माइकिङ छ। 

कोरोना पुष्टी हुनु अघी बालकालिकाको थोर बहुत आवाज सुनिए पनि अहिले त्यो आवाज पनि सुन्न छोडेको छ। सनसीटी नजिकै बस्दै आएका वसन्तराज कार्कीले स्थानिय सबैमा डरको मनोविज्ञान देखिएको बताए। 

कार्कीले हाम्राकुरासँग कुरा गर्दै भने सनसीटीबाट ७ सय मिटर टाढा रहेपनि आफ्नो टोलमा समेत कोहि पनि व्यक्ति छतमा समेत निस्कन छोडेका छन् बाटोको त कुरै छोड्नुस। 

कोरोना हावाबाट संक्रमण नहुने भएपनि मानिसहरुमा त्यस्तो मनोविज्ञानका कारण पनि झ्याल ढोका थुनेर बसेको देखिन्छ। 

सनसीटीमै रहेका कांग्रेस नेता रमेश रिजालले हाम्राकुरासँग कुरा गर्ने क्रममा सनसीटीको दुई तीनसय मिटरको क्षेत्रमा कुनै पनि व्यक्ति घरको छतमा नदेखिएको र झ्याल ढोका समेत नखोलिएको बताएका थिए। 

प्रहरीको निगरानी पछि सो क्षेत्रमै सन्नाटा छ। आम नागरिकमा डरको मनोविज्ञानलाई हटाउन स्थानिय नगरपालिका र प्रसासनले मिलेर तत्काल काम गर्नुपर्ने माग पनि हुन थालेको छ। 

पेप्सीकोला टाउनप्लानिङ र सनसीटी बराबर दुरीमा बस्दै आएका कार्कीले स्थानियमा रहेको डरको मनोविज्ञान अटाउन पनि तत्काल पिसीआर टेस्ट र स्वाब कलेक्सन हुनुपर्ने बताए।

सनसीटीलाई केन्द्रमा राखेर त्यसको कम्तिमा एक किलोमिटरको रेडिअसका स्थानिय वासिन्दाको पिसीआर टेस्ट र स्वाब कलेक्सन हुनुपर्ने उनले माग गरे। उनले तत्काल स्थानिय जनप्रतिनिधीहरुले यसमा चासो दिनुपर्ने बताए। 

सनसीटीकै अर्का वासिन्दा बाबराम नेपालले तत्काल एपार्टमेन्टमा सेनिटाइजको काम गर्नुपर्ने बताए। उनले सोसाइटीमा रहेका सबैको परिइण तत्काल गर्न पनि माग गरेका छन्। 



मङ्गलबार ०२, बैशाख २०७७ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.