युग संबाददाता चैत्र ३० वीरगञ्ज - नेपालमा थप तिन जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीहरु तिनै जना भारतीय नागरिक हुन् । नेपाल भारत सीमा बन्द भएपछि उनीहरु वीरगञ्जमै बसेका थिए। उनीहरुलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा ९को९भिड १९० कोरोना भाइरस संक्रमण शंकास्पद पाइएको थियो। यी तीनसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १२ पुगेको छ।
प्रतिकृया दिनुहोस