कोरोनाविरुद्धको सहकार्य प्रधानमन्त्रीद्वय ओली र मोदीबीच संवाद

Yugnepal     744 पटक पढिएको    

कोरोनाविरुद्धको सहकार्य  प्रधानमन्त्रीद्वय ओली र मोदीबीच संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओली शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गरेका हुन् ।

 प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि उनीहरुबीच छलफल भएको छ । 

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिएका थिए ।रासस

 



शुक्रबार २८, चैत २०७६ ०१:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.