कोरोनाको उद्गमस्थल वुहानमा लकडाउन हटाइयो, चीनमा थपिएनन् संक्रमित

Yugnepal     715 पटक पढिएको    

कोरोनाको उद्गमस्थल वुहानमा लकडाउन हटाइयो, चीनमा थपिएनन् संक्रमित

 

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्च १० तारिख अर्थात एक महिना अघि नै वुहानको एक अस्पतालमा निरीक्षण गरेपछि कोरोना नियन्त्रणमा आएको संकेत गरेका थिए । 

तर वुहानमा लकडाउन हटाउन भने एक महिनाको समय थप लगाए ।  

चीनले डिसेम्बरको अन्त्यतिर कोरोनाका संक्रमित देखिए पनि जनवरी २३ तारिखमा मात्र लकडाउन लगाएको थियो । 

लकडाउन हटाइएसँगै यातायातका सबै सवारी साधनहरू पनि सञ्चालनमा आएका छन् ।

चहलपहल ह्वात्तै बढेको छ । मंगलबार एक जना पनि नयाँ संक्रमित नदेखिइएको र गम्भीर बिरामी कसैको ज्यान नगएपछि चीनले वुहानमा लगाएको लकडाउन हटाएको हो । 

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार–व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो । 

अन्य क्षेत्रमा फाटफुट रुपमा संक्रमित बढेका भए पनि वुहानमा एक हप्ताभर कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएपछि बजार खुलेको थियो । 

अब बुधवारबाट भने स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन्  

यति हुँदाहुँदै पनि हुएई प्रान्तिय सरकारले उनीहरुलाई क्यूआर कोड स्क्यान गर्न दिनुपर्नेछ 

त्यो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित मानिन्छ । 

विश्वका २०९ देश, शासित क्षेत्र र २ अन्तर्राष्ट्रिय वहाबमा लागेको कोरोनाबाट १४ लाख २६ हजार ६०९ जना संक्रमित हुँदा ८१ हजार ९९५ जनाको ज्यान गइसकेको छ । 

तीन लाखलाई उपचारपछि निको भएको छ । 

चीनमा भने ८१ हजार ७४० संक्रमित रहेका छन् । तीमध्ये ७७ हजार १६७ जनाको उपचारपछि रोग निको भएको छ । 

अन्य अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले कोरोनाको स्थिति चीनले लुकाएको भनी दावी गरिरहँदा लकडाउन नै खुलेपछि भने चीनले कोरोना नियन्त्रण गरिसकेको बुझ्न सकिन्छ । 

चीनमा ३ हजार ३३१ जनाको ज्यान गएको छ । 



बुधबार २६, चैत २०७६ १२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.