भारतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै, १०६ को गयो ज्यान, कहाँ कति

Yugnepal     893 पटक पढिएको    

भारतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै, १०६ को गयो ज्यान, कहाँ कति


काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९  को संक्रमण अनियन्त्रित बन्दै गएको छ । 

आइतबार बिहानसम्म मृतकको संख्या १०६ पुगिसकेको छ । ३ हजार ६७८ जना संक्रमित भएका छन् । 

पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या ३ हजार २७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ । 

जबकि त्यसअघिको ५२ दिनमा ४०३ संक्रमित हुँदा ७ जनाको मात्र ज्यान गएको थियो । 

मार्च ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गृमाइसकेका छन् । यो अवधिमा २ हजार ५३९ जना संक्रमित भएका छन् । शनिबार महाराष्ट्र, मध्यप्रदेश, तमिलनाडु, गुजरात, राजस्थान र कर्नाटकमा १४ जनाको ज्यान गएको थियो । 

आइतबार गुजरातमा ६२ वर्षकी महिलाको ज्यान गएपछि मृतकको संख्या १०६ पुगेको हो । 

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ३२ को ज्यान गइसकेको छ । तेलंगानामा १२ जनाको तथा मध्यप्रदेश र गुजरातमा ११–११ जनाको मृत्यु भएको छ । 

दिल्लीमा ७, पश्चिम बंगालमा ६ तथा राजस्थान, कर्नाटक र पंजाबमा ४–४ जनाले दम तोडेका छन् । 

तमिलनाडुमा ३ जनाले ज्यान गुमाउँदा हिमाचल, जम्मू–कश्मीर, उत्तर प्रदेश र केरलमा २–२ को मृत्यु भएको छ । 

बिहार, हरियाणा, चन्डीगढ र आन्ध्रप्रदेशमा १–१ ले ज्यान गुमाएका छन् । भारतमा मार्च ११ मा पहिलो संक्रमितको मृत्यु भएको थियो ।  



आइतबार २३, चैत २०७६ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.