 
                                                            धनगढी  हिमशिखर बहुउद्देश्यीय  सहकारी संस्थाले लक डाउनका कारणले समस्यामा  परेका  दैनिक ज्याला मज्दुरी गरेर खाने वर्गलाई राहात स्वरुप  खाद्यान्न सहयोग गरेको छ । विश्वमा महामारीका रुपमा रहेको कोभिड– १९ कोरनाले गर्दा संकट फैलिएको छ । कोरना बाट बच्न नेपाल सरकारले गरेको लकडाउन परी समस्यामा परेका वर्ग र परिवारलाई हिमशिखर सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको प्रवन्धक महेन्द्र शाहीले बताए । 
  हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत खाद्यान्न सामाग्री धनगढी उपमहानगरपालिका आपूर्ति व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।  शाहीका अनुसार चामल–२० बोरा  तेल–५ पेटी धनगढी उप महानगरपालिका आपुर्ति व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताए । 
हिमशिखर सहकारी संसथाका उपाध्यक्ष रोसन सिंहले धनगढी उप महानगरपालिकाका  नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गरेका संस्थाका प्रवन्धक महेन्द्र शाहीले बताए । 
प्रतिकृया दिनुहोस