पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी घाइते
पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा चिनियाँ नागरिक ५० वर्षिय एलेस रेकिन र सिंगापुरका ७ वर्षिय याङ जुयाङ जी घाइते भएका छन् ।
सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिकृया दिनुहोस