कञ्चनपुरमा विपन्नावस्थाका परिवारलाई खाद्यान्न वितरण

Yugnepal     1073 पटक पढिएको    

कञ्चनपुरमा विपन्नावस्थाका परिवारलाई खाद्यान्न वितरण


कञ्चनपुरस् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गरेका छन्। 

नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गरेका हुन। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए। 

विपन्न परिवारको घर दैलोमै चामल पु¥याई वितरण गरिएको उनले बताए। दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकामा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोकभोकै बस्नु परेको फगुनिया खुनाले बताए।

“मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चार दिनअघि नै सकियो। छिमेकीको सहयोगमा केही दिन खाना खान पायौँ। छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडाध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ”, उनले भने।

“बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ। मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन्” सुरज जैरुले भने, “दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौँ।” बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोबास रहेको छ। –रासस



आइतबार १६, चैत २०७६ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal