भारतमा कोरोना भाइरसको पहिलो रिपोर्ट आयो

इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित

Yugnepal     752 पटक पढिएको    

भारतमा कोरोना भाइरसको पहिलो रिपोर्ट आयो


तस्वीरबाट जनावरबाट मानिसमा कसरी सर्यो भन्ने पत्ता लगाउन सकिने, भ्याक्सिन र औषधि बनाउन मद्धतकार हुने 

काठमाडौं । कोरोना भाइरस  कोभिड–१९० को महामारीबाट भारतमा ८८७ जना संक्रमित भएका छन् । 

शनिबार बिहानसम्म २० जनाको ज्यान गएको छ । जनवरी पहिलो ३० मा भारतमा पहिलो संक्रमित देखिएको थियो । 

चीनको वुहानबाट आएकी महिलामा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । 

नेशनल इन्स्टिच्यूट अफ भायरोलोजीका सोधकर्ताहरुले भारतको पहिलो तस्वीर बाहिर ल्याएका छकन् । 

वैज्ञानिकहरुले ट्रान्समिसन इलेक्ट्रोन माइक्रोस्कोप इमेजिङ मार्फत पहिलो तस्वीर सार्वजनिक गरेका हुन् । 

इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित शोधका अनुसार चिनियाँ महिलाबाट लिएको नमूनालाई इलेक्ट्रोन माइक्रोस्कोपलाई देखेपछि तस्वीर बाहिर आएको हो । 

नयाँ कोरोना भाइरस ९सार्स–कोभ–२० को तस्वीर मर्स र सार्ससंग मिल्दो छ । 

कोरोना भाइरसको चारैतर्फ क्राउन संरचना रहेको छ । जसका कारण यसलाई कोरोना नाम दिइएको हो । ल्याटिनमा क्राउनको मतलब कोरोना हुन्छ । 

आईसीएमआरका पूर्व डाइरेन्टर जनरल डा निर्मल गांगुलीका अनुसार यो तस्वीर निकै जटिल छ । आनुवंशिक प्रक्रिया अनुसार कोरोना भाइरसको उतपत्ति र यसको विकासबारे पत्ता लगाउन यो तस्वीर निकै लाभदायक हुनेछ । 

यो तस्वीरबाटै भाइरस जनावरबाट मानिसमा कसरी पुग्यो भन्ने पत्ता लगाउन सकिने छ । 

यसबाटै कोरोनाको भ्याक्सिन र औषधि तयार गर्न सकिने छ । कोरोनाको कणको आकार ७५ न्यानोमिटर रहेको छ । 

यस्तो छ विश्वमा कोरोनाको फैलावट
यो अनियन्त्रित शैलीमा अगाडि बढिरहेको छ । यो संक्रमणका कारण अहिलेसम्म ५ लाख ९७ हजार १७९ मानिस संक्रमित भएका छन् । 

त्यसैगरी मृतक पनि बढेका छन् । २७ हजार २५९ जनाको ज्यान गइसकेको छ । 

१ लाख ३३ हजार ३६० जना निको भएका छन् । तर निको भएकाहरुलाई पनि पुनः कोरोना संक्रमण देखिन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ । 

थुप्रै त्यस्ता घटनाहरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

अहिले ४ लाख १२ हजार ९३७ जना संक्रमित छन् । जसमा २३ हजार ५२३ जना गम्भीर छन् । 

१९९ देश तथा शासित क्षेत्रमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै इटालीमा ज्यान गएको छ । इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको हो । 

इटालीमा ८६ हजार ४९८ संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १ लाख ४ हजार १४२ जना संक्रमित भएका छन् । १ हजार ६९६ जनाको ज्यान गएको छ । 

नेपालमा ४ जना संक्रमित भएका छन् । एक जनालाई निको भएर घर फर्केका छन् । तीन जनाको उपचार चलिरहेको छ । दुई जना काठमाडौंमा र एक जनाको धनगढीमा उपचार भइरहेको छ । 



शनिबार १५, चैत २०७६ ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.