भारतमा मध्य रातिदेखि तीन साता लकडाउनको घोषणा

विदेश

Yugnepal     697 पटक पढिएको    

भारतमा मध्य रातिदेखि तीन साता लकडाउनको घोषणा


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्यु  घोषणा गरेका थिए । भारतका केही राज्यहरुले जनता कर्फ्युलाई निरन्तरता दिएका थिए । 


प्रधानमन्त्री मोदीले सामाजिक दूरी नै कोरोना भाइरसविरुद्ध लड्ने महत्वपूर्ण हतियार भएको बताए । 

उनले जनता कर्फ्युको पालनाले भारतीयहरु कोरोनासँग लड्न सक्षम भएको बताए ।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएको र १० जनाको मृत्यु भएको छ । त्यसैगरी उपचारपछि ३९ संक्रमितलाई घर पठाइएको भारतीय स्वास्थ्य मन्त्रीले बताएका छन् ।  
 बाह्रखरीबाट



मङ्गलबार ११, चैत २०७६ ०९:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.