क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली पर्खालबाट भागे

Yugnepal     1508 पटक पढिएको    

क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली पर्खालबाट भागे

नेपालगन्ज । नेपालगन्ज सिमा नाकाबाट सोमबार  उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५  सय ब्यक्तीहरु फरार भएका छन् ।

दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो।

धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा  रहेका छन् ।सबै जसो युवाहरु फरार भएका छन् ।

अहिले क्वारेन्टाइनमा महिला, बच्चा( बच्ची लगायत वृद्धबृद्दा रहेका छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।

यो पनि पढ्नुहोस स्

अलपत्र परेका ५०० बढी नेपालीको उद्दार, सबैजना क्वारेन्टाइनमा

नेपालगन्ज । नेपालगन्जको सिमा जमुनहामा भारतबाट आएर अलपत्र परेका सबै नेपालीलाई नेपालगन्ज ल्याइएको छ।

सोमबार बिहानसम्म २५० बढी नेपाली सिमा नाका जमुनहा आइपुगे पनि बिहान  ११ बजे बढेर ५०० बढीको हाराहारीमा पुगेको छ।उनिहरु सबैलाई बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ।

 सबैको स्वास्थ्य जाँच गरेर उनिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थाई क्वारेन्टाइनमा लगिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

 बाँके प्रशासनले सम्बन्धीत जिल्लाका ब्यक्तिहरुलाई क्याम्पसमा केही समय राखेर सवारीसाधनको ब्यबस्थासहित उनीहरुको गन्तव्यमा पुर्याउने भएको छ।भारतबाट आज बिहान २ बजे  २५० बढी ब्यक्तीहरु आएका हुन् भने अन्य ११ बजे सम्म आएका थिए।

अब भने कोहिलाई पनि आवतजावत गर्न नदिई पुर्ण रुपमा सिमा बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिएका छन् । हाम्राकुरा बाट साभार



सोमबार १०, चैत २०७६ ०६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal