भारतमा कोरोना संक्रमित बढ्दै, १७१ संक्रमित ३ को मृत्यु, एक जनाद्धारा आत्महत्या

Yugnepal     757 पटक पढिएको    

भारतमा कोरोना संक्रमित बढ्दै, १७१ संक्रमित ३ को मृत्यु, एक जनाद्धारा आत्महत्या


काठमाडौं । भारतमा कोरोना भाइरस  कोभिड–१९० संक्रमितको संख्या १७१ पुगेको छ । बिहीबार बिहान चन्डीगढकी २३ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ पाइए पछि यो संख्या १७१ पुगेको हो ।

बुधबार एकै दिन २८ जना संक्रमित फेला परेका थिए । भारत सरकारले आगामी मार्च ३१ सम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

उक्त दिनसम्म परीक्षाहरुसमेत पनि नगर्न नरेन्द्र मोदी सरकारले निर्देशन दिएको हो ।

अहिलेसम्म ३ जनाको ज्यान गएको छ । मोदीले बिहीबार राति ८ः१५ बजे राष्ट्रका नाममा संवोधन गर्ने कार्यक्रम छ ।

भारतकै दिल्लीस्थित सफदरगंज अस्पतालमा एक संदिग्ध बिरामीले आत्महत्यासमेत गरेको छ । अष्ट्रेलियाको सिड्नीबाट आएको उक्त संदिग्धले आत्महत्या गरेको हो ।

टाउको दुखेका कारण उक्त व्यक्तिलाई एयरपोर्ट अधिकारीले अस्पताल लिएर आएका थिए ।



बिहिबार ०६, चैत २०७६ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.