सहकारीमा व्याजदर घटाउन चौतर्फी दवाव बढ्यो, १६ प्रतिशत बढी व्याज लिए कार्बाही हुने

Yugnepal     690 पटक पढिएको    

सहकारीमा व्याजदर घटाउन चौतर्फी दवाव बढ्यो, १६ प्रतिशत बढी व्याज लिए कार्बाही हुने

सहकारी क्षेत्रमा व्यजदर बढी भएको भन्दै व्याजदर घटाउन सहकारी विभागलाई चौतर्फी दवाव परेको छ । विभागले यसअघि १६ प्रतिशत भन्दा वढी व्याज नलिन सहकारीहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन लागु नभएका गुनासाहरु बढेसँगै व्याजदर घटाउन दवाव परेको हो । तोकिएको सन्दर्भ ब्याजदरबारे समस्या समाधान गर्न सहकारी विभागले पहल थालेको छ । त्यसका लागि अध्ययन गर्न समिति बनाएर अघि बढ्ने निर्णय भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालका अनुसार सन्दर्भ ब्याजदरबारे विज्ञ समिति बनाएर अध्ययन गर्ने निर्णय भएको छ । विभागले गत साउन १९ गते कर्जामा १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने निर्देशनसहित सन्र्दभ ब्याजदर लागू गरेको थियो । सहकारी विभागले १६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई कार्बाही गर्ने बताएको छ ।

ब्याजदरमा सीमा निर्धारण भएपनि कतिपय सहकारीले उक्त निर्देशनको पालना गरेका छैनन् । केही सहकारीले उल्टै सहतक्षेप नगर्न विभागलाई अनुरोध समेत गरेका छन् । विभागले भने यसलाई सधिmयताका साथ कार्यान्वयन गर्ने जनाएको छ । प्रभावकारी कार्यान्वयन गर्नका लागि समिति मार्फत अध्ययन गरिने बताइएको छ । मुलुकमा सहकारीको संख्या करिव ३४ हजार भएको जनाइएको छ । सहकारीको संख्या धेरै र गुणात्मक पक्ष कम्जोर रहेको पाइएको छ । कतिपय ठाउँमा एउटै घरमा एकदर्जनसम्म सहकारीका कार्यालय रहेका छन् । सरकारले तीनखम्बे अर्थनीति अन्तरगत एकखम्बा सहकारी भएको भन्दै गाउँगाउँमा सहकारी स्थापनाको लक्ष लिएको थियो । तथापी सहकारी खोल्ने काम शहरमै धेरै देखियो । सहकारीलाई ,उत्पादन क्षेत्रसँग जोड्ने प्रयत्न गरिएपनि ठुलो मात्रामा उत्पादन क्षेत्रमा सहकारी जान सकेका छैनन् । अधिकाँस सहकारीले बचत गर्ने र कर्जा प्रवाह गर्ने काम गर्दै आएका छन् ।
बैंकिङ खबर बाट साभार।



सोमबार ०३, चैत २०७६ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.