दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मोदीले गरे शान्तिका लागि अपिल

Yugnepal     755 पटक पढिएको    

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मोदीले गरे शान्तिका लागि अपिल


एजेन्सी– भारतको उत्तर पूर्वी दिल्लीमा नागरिकता संशोधन कानुन  सीएए  विरुद्ध चर्किएको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

उक्त आन्दोलनमा सीएएको पक्षमा रहेका सत्ताधारी भारतीय जनता पार्टी  भाजपा समर्थक र सीएएको विरोधमा रहेका आन्दोनकारीबीच भड्किएको हिंसामा कम्तीमा २ सय ५० जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा हिंसा भड्किएको तीन दिनपछि बल्ल मुख खोलेका छन्। प्रधानमन्त्री मोदीले मानिसहरुसँग शान्ति र भाइचाराको लागि अपिल गरेका छन्। बुधबार दिउँसो ट्वीट गर्दै मोदीले शान्ति कायम गर्न अपिल गरेका हुन्।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसा प्रभावित क्षेत्रमा सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘यहाँको स्थिति चिन्ताजनक छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरेपनि त्यसमा असफल भयो। हिंसा प्रभावित क्षेत्रमा सेना परिचालन गरेर कफ्यू लगाइयोस्।’ देश सन्चारबाट साचार

 



बुधबार १४, फागुन २०७६ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal